काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो।
उनीसहित ६ जना व्यक्ति र १० कम्पनीविरूद्ध मुद्दा दायर गरिएको हो। पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। साथै विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij