२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सवारी चालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

सवारी चालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

365
Shares

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो ।

नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij