काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ ।
आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन ९ उपसूचकमा सुधार देखिएको छ भने ४ उपसूचक घटेको छ । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज ९ उपसूचकमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् । सर्वाधिक म्युुचुअल फण्ड समूहको १.६६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, बैंकिङ समूह ०.६२ प्रतिशत, विकास बैंक समूह ०.०८ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.११ प्रतिशत, जीवन बीमा समूह ०.२५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२३ प्रतिशत, निर्जीवन बीमा समूह १.११ प्रतिशत, अन्य समू्रह ०.३१ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज फाइनान्स समूह ०.६६ प्रतिशत, हाइड्रो समूह ०.३४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह भने ०.११ प्रतिशतले घटेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij