काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स २.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक बढेको छ।
आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन ९ उपसूचकमा सुधार देखिएको छ भने ४ उपसूचक घटेको छ । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ । एनआरएनको २२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij