काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै शेयर धितो कर्जा सम्बन्धी व्यवस्थालाई परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरूको सबलता मूल्यांकन गरी बैंकहरूले प्रदान गर्ने कर्जाको सीमामा थप लचकता अपनाएकाे छ।
राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा प्रवाह गर्दा सूचीकृत संस्थाको सबलता मूल्यांकन गर्न अनिवार्य रूपमा एउटा प्रोडक्ट पेप तयार पार्नुपर्नेछ। उक्त मूल्यांकनका आधारमा उत्कृष्ट ठहरिएका कम्पनीहरूको शेयरमा विद्यमान कर्जा सीमामा थप १० प्रतिशत विन्दुसम्म ऋण थप गर्न सकिने सुविधा दिइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij