काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डको नीति कार्यक्रम तथा बजार विकासका प्राथमिकतासम्बन्धमा नेपालको पुँजीबजार अहिले विकासको एक महत्त्वपूर्ण मोडमा उभिएको छ ।
पुँजीबजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा कार्यहरू भएकोमा अझ सुधार गर्ने गरी बोर्डले नीति तथा कार्यक्रम तय गरेको जनाएको छ ।
यद्यपि, पुँजीबजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी बोर्डको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यकम सार्वजनिक गरिएको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij