२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

570
Shares

काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij