२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

570
Shares

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले एकसाथ तीन विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार (असार ३०) ती विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

राष्ट्रपति पौडेलले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् । यी तीनै विधेयक सरकारको वार्षिक बजेटसँग सम्बन्धित हुन् । योसँगै अब बजेट कार्यान्वयनका निम्ति कानुनी बाटो फुकेको हो ।

संघीय संसद् बैठकबाट पारित भएपछि यी विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij