काठमाडौं – सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले निगमको दैनिक प्रशासन, सञ्चालन तथा रणनीतिक व्यवस्थापनको नेतृत्व गर्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij