२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

११ महिनामा १८२ बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द

११ महिनामा १८२ बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द भएका छन्। डिजिटल बैंकिङको विस्तार, लागत व्यवस्थापन र शाखा पुनर्संरचनाका कारण शाखा संख्या घटेको देखिएको छ।

700
Shares

काठमाडौँ -चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक तथा वित्तीय संस्था धमाधम बन्द हुन थालेका हुन् । २०८३ जेठ मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) का कुल ११ हजार ५२६ शाखा सञ्चालनमा रहेकामा २०८३ जेठ मसान्तसम्म आइपुग्दा यो संख्या घटेर ११ हजार ३४४ मा झरेको छ। अर्थात् ११ महिनाको अवधिमा १८२ शाखा कार्यालय बन्द भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij