२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६.११ अंकले बढ्यो, ८ अर्ब ४१ करोडको कारोबार

नेप्से ६.११ अंकले बढ्यो, ८ अर्ब ४१ करोडको कारोबार

435
Shares

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.११ अकंले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ ।   यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ। आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.०९ प्रतिशत, विकास बैंक समूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०९० को इकाई कारोबार भएको छ । आज यसको ५२ करोड ७१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । एनएमबि डिबेञ्चरको ३९ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल एसबिआई बैंडक डिबेञ्चरको ३७ करोड ५१ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij