काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आइतबार दुवै पक्षको बहस सुनेपछि विभागलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
योसँगै पौडेलविरुद्ध विशेष अदालतबाट पाँचौँ पटक थुना म्याद थप भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विभागले उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij