२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

630
Shares

काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिना (२०८३ जेठ मसान्त) सम्ममा मुलुकको विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई रु. २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र बढेको थियो। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो। जेठ महिनाको एकल तथ्याङ्क हेर्दा विप्रेषण आप्रवाह रु. २०३ अर्ब ८९ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा रु. १७६ अर्ब ३२ करोड रहेको थियो।

रेमिट्यान्समा आएको सुधारसँगै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) मा पनि राम्रो बढोत्तरी भएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको एघार महिनामा खुद द्वितीय आय रु. २३२१ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. १६६९ अर्ब ५१ करोड मात्र रहेको थियो। यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा सकारात्मक योगदान पुर्‍याएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij