काठमाडौँ – प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । श्रेष्ठ पछिल्लो समय नेपालफ्याक्टचेकको सम्पादको रुपमा कार्यरत थिए ।
पत्रकारिता तथा आमसञ्चारमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठ पछिल्ला वर्षहरूमा मिथ्या सूचनाहरूको तथ्यजाँच र प्रशिक्षकको काम गरिरहेका व्यक्ति हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij