२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

495
Shares

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा आइतबार सम्पन्न निर्वाचनबाट डङ्गोल अध्यक्षमा निर्वाचित भएका हुन् ।

डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।

अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा राजभण्डारीले ३६५ मत मात्रै प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

यस्तै, महासचिवमा पशुपति कँडेल ७२० मत ल्याएर नर्वाचित भएका छन् । महासचिवका अर्का उम्मेदवार पुण्यराम लागेजु ३३३ मतमा समेटिए ।

यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका छन् ।

सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ हजार २२५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij