२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

660
Shares

काठमाडौं -नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij