२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले बढ्यो

११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले बढ्यो

590
Shares

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार जेठ मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले सामूहिक रूपमा ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेका ११ महिनाको वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफा वृद्धिमा सुधार आएको संकेत गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। त्यसको तुलनामा चालु आवको समीक्षा अवधिमा बैंकहरूको नाफा करिब १९ प्रतिशतले बढेको देखिएको हो।

सार्वजनिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने बैंकका रूपमा नबिल बैंक रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

नाफाका आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। उक्त बैंकले समीक्षा अवधिमा ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

यता, नाफा वृद्धिदरका हिसाबले भने कुमारी बैंक अग्रस्थानमा देखिएको छ। बैंकले चालु आर्थिक वर्षको जेठसम्म ४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३७ करोड रुपैयाँको तुलनामा ११६८.४५ प्रतिशतले बढी हो।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij