२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप २०२६ : बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

525
Shares

काठमाडौं – बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा बेल्जियमले गोल फर्काएको थियो । जारी विश्वकपमा स्पेनले समूह चरणका खेलयता पहिलोपटक गोल खायो । स्पेनविरुद्ध बेल्जियमका चार्ल्स केट्लेरेले गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफको ८८ औँ मिनेटमा स्पेनका माइकल मेरिनोले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए ।

सेमिफाइनलमा स्पेनले फ्रान्ससँग खेल्नेछ । मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij