२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार सुरु

समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार सुरु

585
Shares

काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै शुक्रबारदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ।

एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकद्वय रामु पौडेल र विश्रुत थापाले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङ ले स्वागत मन्तव्य राख्दै मर्जरको आवश्यकता र औचित्यमाथि प्रकाश पारे।

यस अवसरमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर सफलतापूर्वक सम्पन्न भएकोमा दुवै संस्थालाई बधाई तथा शुभकामना व्यक्त गरे।

प्रमुख अतिथि रामु पौडेल र विश्रुत थापाले वित्तीय संस्थाहरूको मर्जर तथा एकीकरण प्रक्रियामा नियामक निकायको आवश्यक सहयोग र आगामी दिनमा पनि उचित मार्गदर्शन रहने प्रतिबद्धता व्यक्त गरे।

पोखरा फाइनान्सका अध्यक्ष अजयकुमार मिश्रले मर्जरपछि संस्था थप सुदृढ, प्रतिस्पर्धी र सुशासनयुक्त वित्तीय संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै मर्जर प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij