२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा १.१३ अंकको गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा १.१३ अंकको गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

600
Shares

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अकंले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ ।  यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ। आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार कित्ता शेयरकिनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घटेको छ । शुक्रबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरको इकाई कारोबार भएको छ । आज यसको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । आरबीबी डिबेञ्चरको ६९ करोड ८५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । सानिमा डिबेञ्चरको २८ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij