काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक इन अवधि साउन ३० गते समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij