काठमाडौं – नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सर्टलिस्ट भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त आवेदन मध्ये ६ जनाको नाम सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा पर्नेमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका छन् । मन्त्रालयले कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको मिति र स्थान पछि तय गरिने जनाएको छ ।
मन्त्रालयले यही असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।
उद्योग मन्त्रालयका अनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको एक सातापछि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुनेछ। त्यसपछि ३ जनाको नाम छनोट गरेर मन्त्रिपरिषदमा नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रालयको तयारी छ। मन्त्रिपरिषद्ले सिफारिस भएका ३ मध्ये एकलाई आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij