२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मूल्यवृद्धिका आधारमा यी कम्पनीका शेयरधनीले सबैभन्दा बढी प्रतिफल प्राप्त गरेका छन्। हेर्नुहोस्, आज सर्वाधिक कमाइ गराउने कम्पनीहरूको सूची।

425
Shares

काठमाडौं– बिहिबार पनि सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७५ प्रतिशत अर्थात १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा सीमित बनेको छ।  आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक घट्यो । यो समूह आज २.३६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५० प्रतिशत, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल ०.७६, हाईड्रो ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, लघुवित्त ०.६९,  निर्जीवन बीमा ०.६६ र अन्य ०.१८ प्रतिशतले घट्यो ।

आज २२९ कम्पनीको शेयरमूल्य राताम्मे बन्दा ४२ कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली छाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij