२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न

525
Shares

काठमाडौँ – अपि पावर कम्पनी लिमिटेडकोको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा लमजुङमा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो-मेकानिकल तीनवटै क्षेत्रको निर्माण कार्य तीव्र गतिमा अघि बढेको कम्पनीले जनाएको छ ।

हाल आयोजनाको इन्टेक, डिसेन्डर (बालुवा थिग्ग्र्याउने पोखरी) र पावरहाउस उत्खननको काम भइरहेको छ भने हेटौँडामा हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन सुरु भइसकेको छ । त्यस्तै, युरोप र भारतमा इलेक्ट्रो–मेकानिकल उपकरणहरूको उत्पादन प्रक्रिया अगाडि बढाइएको छ ।

यसअघि कम्पनीले आयोजनाका लागि आवश्यक ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जा सुनिश्चित गरिसकेको छ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेका छन्। आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसमा बाँकी रकम कम्पनीले स्वपूँजीमार्फत व्यवस्थापन गरिरहेको छ।

आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर दूरीमा रहेको प्राधिकरणको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij