काठमाडौं – शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१३ प्रतिशत अर्थात ३०.०९ अंकले घटेर २ हजार ६२१.५९ विन्दुमा सीमित बनेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटै समूह घटेको छ। यो दिन म्युचुअल फन्ड समूह ०.११ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक १.७० प्रतिशतले घटेको छ।
आज बजारमा २५ कम्पनीको शेयर मुल्य बढ्दा २४७ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij