२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३०.०९ अंकले ओरालो, ४ अर्ब ८२ करोडको कारोबार

नेप्से ३०.०९ अंकले ओरालो, ४ अर्ब ८२ करोडको कारोबार

555
Shares

काठमाडौं –  साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९अकंले घटेर २६२१.५९ बिन्दुमा कायम भएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंक घटेको छ। आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.४६ प्रतिशत, फाइनान्स समूहको १.४३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।  आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको ६२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी डिबेञ्चरको ४३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij