काठमाडौ – संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ (अन्तिम १६) का सम्पूर्ण खेलहरू समाप्त भएसँगै क्वाटरफाइनल (अन्तिम आठ) को रोमाञ्चक समीकरण पूरा भएको छ।
प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।
क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टिम मात्र पुगेका छन् ।
क्वाटरफाइनलमा पुग्ने ८ टोलीहरूः
१. अर्जेन्टिना (इजिप्टलाई ३–२ ले हराउँदै)
२. नर्वे (पहिलो पटक क्वाटरफाइनलमा)
३. फ्रान्स (पाराग्वेलाई १–० ले पराजित गर्दै)
४. स्पेन (पोर्चुगललाई १–० ले हराउँदै)
५. इङ्गल्याण्ड (मेक्सिकोलाई ३–२ ले पराजित गर्दै)
६. बेल्जियम (अमेरिकालाई ४–१ ले हराउँदै)
७. स्विट्जरल्याण्ड (कोलम्बियालाई पेनाल्टीमा हराउँदै)
८. मोरक्को (अफ्रिकी महादेशको एकमात्र बाँकी प्रतिनिधि)

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij