काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से परिसूचक बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।
आज ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको छ मंगलबार २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij