काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अकंले बढेर २६५१.६८ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.५२ प्रतिशत, विकास बैंक समूहको १.१३ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशतले शेयर मूल्य बढेको हो ।
मंगलबार २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको २० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एग्रिकल्चर डिबेञ्चरको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij