२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

देउवापुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, एक साताभित्र हाजिर हुन विभागको पत्र

देउवापुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, एक साताभित्र हाजिर हुन विभागको पत्र

755
Shares

काठमाडौँ -सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।

विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij