२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप २०२६ : अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

495
Shares

काठमाडौं- अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दूरी बढाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए । यो जितसँगै बेल्जियमले अब क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता अमेरिका भने सह–आयोजक क्यानडा र मेक्सिकोपछि अन्तिम–१६ बाटै बाहिरिने अर्को आयोजक टोली बनेको छ।

खेलअघि अमेरिकाका स्ट्राइकर फोलारिन बालोगनको एक खेलको प्रतिबन्ध सबैभन्दा ठूलो चर्चा बनेको थियो। बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएपछि उनीमाथि लागेको प्रतिबन्ध पुनरावलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफासँग आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij