काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । यसरी आवेदन दिदा के कति कित्ता सेयर खरिद गर्न चाहने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij