२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

475
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आन्तरिक वित्तीय बजारमा तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ नामक ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निष्काशन गर्ने जनाएको छ। यस ऋणपत्रमा प्राप्त हुने प्रस्तावअनुसार ब्याजदर निर्धारण गरिने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकका अनुसार कुल रु. २० अर्बबराबरको ऋणपत्र जारी गरिनेछ । जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन सक्नेछन्। न्यूनतम रु. ५ करोडदेखि माथि कुनै पनि रकममा बोलकबोल गर्न सकिनेछ। बोलकबोल प्रक्रिया तोकिएको मितिमा दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।

ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण गरिनेछ भने ब्याज भुक्तानी ६/६ महिनामा गरिने र सावाँ रकम परिपक्वतामा एकमुष्ट फिर्ता गरिने व्यवस्था रहेको छ। बोलकबोलमा प्राप्त प्रस्तावहरू मध्ये कट–अफ ब्याजदर निर्धारण गरी सोही दरमा स्वीकृत गरिने र बढी माग भएको अवस्थामा समानुपातिक आधारमा बाँडफाँड गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij