२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : ५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो

फिफा विश्वकप २०२६ : ५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो

535
Shares

काठमाडौं – ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राजिलसँगको खेलमा अपराजित रहेको इतिहासलाई कायमै राख्दै नर्वेले २-१ ले पराजित गरेको हो ।नर्वेको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे ।

विश्वकपमा उनको गोलसंख्या सात पुगेको छ । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । एन्ड्रियास जेल्डेरुपको क्रसलाई हेडरमार्फत उनले गोलमा परिणत गरेका थिए । दोस्रो गोल उनले ९०औँ मिनेटमा गरे । एन्ड्रियासकै पासमा उनले दोस्रो गोल गरेका हुन् ।

खेलमा ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो । पहिलो पेनाल्टी ब्रुनो ग्युमोरेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij