२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल गोला प्रथा सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल गोला प्रथा सम्पन्न

695
Shares

काठमाडौं – नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल द्वारा आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँड गोला प्रथा आइतबार सम्पन्न भएको छ।

नाडाले आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म आयोजना गर्न लागेको नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणका लागि गत महिना स्टल दर्ता खुला गरेको थियो। आइतबार (असार २१ गते) नाडा सचिवालयमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथा सम्पन्न गर्दै स्टल बाँडफाँड गरिएको हो।

गोला प्रथाबाट १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टल अन्तर्गत ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ।

कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नाडा अटो शो २०२६ मा सहभागिता जनाउने सम्पूर्ण कम्पनी तथा व्यवसायीप्रति हार्दिक आभार व्यक्त गर्दै यस वर्षको प्रदर्शनी विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित र सफल हुने विश्वास व्यक्त गर्नुभयो।

नाडा अटो शो नेपालमा आयोजना हुने अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी हो। प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन, विद्युतीय सवारी, अटो पार्ट्स, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा, बीमा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधि र सेवाहरू एकै स्थानमा अवलोकन गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij