काठमाडौं- फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको हो।
फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बाप्पेले गरे। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले डी–बक्सभित्र लडाएपछि भिएआरको सहायताले रेफ्रीले पेनाल्टी दिएका हुन्। जसको अवसरलाई एम्बाप्पेले खेर फालेनन्।
खेल सकिनै लाग्दा इन्जुरी समयमा एम्बाप्पेको दुई सशक्त प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बिफल पारे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij