२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : क्यानडालाई हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

फिफा विश्वकप २०२६ : क्यानडालाई हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

700
Shares
Morocco's Azzedine Ounahi, center, is congratulated by teammates after scoring his side's 2nd goal against Canada during the World Cup round of 16 soccer match in Houston, Saturday, July 4, 2026. (AP Photo/David J. Phillip)

काठमाडौं-  सहआयोजक राष्ट्र क्यानडाको विश्वकप यात्रा टुंगिएको छ । मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे । खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३-० मा पुर्‍याएका हुन् ।

खेलमा मोरोक्कोका स्टार खेलाडी इसामेल साइबेरी चोटका कारण बाहिरिन पुगेका थिए । क्यानडा र मोरोक्को दुवै टोलीका गरी ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij