काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा गरेको छ। सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले आफ्नो सय दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमा सरकारका उपलब्धि, सम्पन्न भएका प्रमुख कार्यक्रम तथा आगामी प्राथमिकताबारे जानकारी दिएका थिए।
वर्तमान सरकारले पदभार ग्रहणसँगै स्पष्ट कार्ययोजना तय गर्दै सय दिने कार्यसूची सार्वजनिक गरेको थियो। सोही कार्यसूचीका आधारमा विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन गरिएका कार्यक्रम तथा हासिल भएका उपलब्धिको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको सरकारको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij