२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

1.5K
Shares

काठमाडौं- लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको लायन वर्ष २०२६–२७ का लागि निर्वाचित नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।

ललितपुरमा आयोजित पदभार हस्तान्तरण तथा ग्रहण समारोहमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका एक्जिक्युटिभ एडभाइजर लायन पुरुषोत्तम बस्नेत प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको अध्यक्षता लायन वर्ष २०२५–२६ का क्लब अध्यक्ष लायन खेमराज अधिकारीले गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष लायन खेमराज अधिकारीले नवनिर्वाचित अध्यक्ष लायन सुमन घिमिरेलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए। त्यसैगरी, लायन वर्ष २०२५–२६ का सचिव र कोषाध्यक्षले पनि नवनिर्वाचित सचिव तथा कोषाध्यक्षलाई आफ्नो जिम्मेवारीमा रहेका क्लबका अभिलेख, कागजात तथा अन्य सामग्री हस्तान्तरण गर्दै कार्यभार सुम्पिएका थिए।

पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष लायन खेमराज अधिकारीले आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका कार्यहरू नयाँ कार्यसमितिले सफलतापूर्वक अघि बढाउने विश्वास व्यक्त गरे। उनले नयाँ नेतृत्वलाई आवश्यक साथ, सहयोग र सुझाव सधैँ उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए।

पदभार ग्रहणपछि लायन वर्ष २०२६–२७ का नवनिर्वाचित अध्यक्ष लायन सुमन घिमिरेले आगामी कार्यकालमा क्लबका सेवामूलक गतिविधिलाई अझ प्रभावकारी, व्यवस्थित र समुदायमुखी बनाउँदै संस्थाको गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नवनिर्वाचित कार्यसमितिमा लायन सुमन घिमिरे अध्यक्ष, लायन मनोज थापा प्रथम उपाध्यक्ष, लायन भोजराज दुलाल (विराज) सचिव, लायन कविता लामा कोषाध्यक्ष तथा सदस्यहरूमा लायन प्रदीप बस्नेत, लायन डा. दीपक घिमिरे, लायन प्रविना आचार्य लगायत रहेका छन्।

कार्यक्रममा डिष्ट्रिक्ट अफिसर लायन राम पण्डित र डिष्ट्रिक्ट को–चिफ लायन रेणु राना मगरले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि लायन पुरुषोत्तम बस्नेतले लायन्स अभियानको मूल उद्देश्य, सदस्यहरूको कर्तव्य, अधिकार र जिम्मेवारीबारे प्रकाश पार्दै समाजसेवामा समर्पित भएर काम गर्न आग्रह गरे। उनले नयाँ तथा पुराना सदस्यहरूलाई नेतृत्व विकास, संगठन सुदृढीकरण र प्रभावकारी सामाजिक सेवासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij