काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।
डा. थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यसम्पादन गरिसकेका छन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij