काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयबजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा सीमित बनेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक ०.९६ प्रतिशतको गिरावट आएको छ।
बजारमा आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १६० कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ७७ लाख बढीको सेयर कारोबार भएको थियो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij