काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ। आज ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ समूहको शेयर मूल्य घटेको छ भने ५ समूहमा सामान्य सुधार देखिएको हो । शुक्रबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बन्डको कारोबार भएको छ । आज यसको ४३ करोड माथिको कारोबार भएको छ । केबिएल डिबेञ्चरको ३९ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । एनआरएनको १७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij