२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मातृभूमि लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने

मातृभूमि लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने

505
Shares

काठमाडौं– मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासनपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले असार ३२ गते, बिहीबार, बिहान १० बजे कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा साधारण सभा डाकेको छ ।

सभामा एफपीओ निष्कासन गर्ने र कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउने तथा आवश्यक परे प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू राखिएको छ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij