काठमाडौं– नेपाली बजारमा असार १९ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी तोलाको चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij