२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

515
Shares

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

यसैबीच, पौडेलकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने हाल विचाराधीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij