२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ८.७८ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

नेप्सेमा ८.७८ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

665
Shares

काठमाडौं– बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा मात्रै सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको सर्वाधिक २.०४ प्रतिशतले बढेको छ । अन्य ८ उपसूचक भने घटेको छ ।

बिहिबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको ४० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij