२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान

सूर्यज्योति लाइफलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान

665
Shares

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन–२०२५ पुरस्कारअन्तर्गत जीवन बीमा विधामा ‘प्रशंसापत्र’ (सर्टिफिकेट अफ मेरिट) प्राप्त गरेको छ।

आईक्यानले मुख्य वित्तीय अधिकृत सम्मेलन–२०२६ सँगै असार १६ गते (३० जुन २०२६) काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना गरेको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन–२०२५ पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीका तर्फबाट उक्त सम्मान ग्रहण गरेका हुन्।

कम्पनीका अनुसार यो सम्मानले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचना प्रवाहप्रति कम्पनीको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको छ।

सूर्यज्योति लाइफले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा कम्पनीको वित्तीय अवस्था, संस्थागत रणनीति, दिगोपना तथा संस्थागत सुशासनका अभ्यासलाई स्थापित मापदण्डअनुसार प्रभावकारी रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

यस अवसरमा कम्पनीले बीमित, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यास, नवीन जीवन बीमा सेवा तथा उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij