२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप २०२६ : इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

615
Shares

काठमाडौं –  इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। डीआर कंगोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । डीआर कंगोलाई २-१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको हो ।

खेलको पहिलो हाफमा डीआर कंगोले इंग्ल्याण्डलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ७ औँ मिनेटमा डीआर कंगोका ब्रायन सिपेंगाले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ७५ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै नतिजा बराबरी गरे । खेलको ८६ औँ मिनेटमा गोल थप्दै उनले नतिजा २-१ मा पुर्‍याए ।

थपिएको ६ मिनेटमा कुनै टोलीबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij