२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मूल्य घटेपछि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, उपभोक्ता सास्तीमा

मूल्य घटेपछि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, उपभोक्ता सास्तीमा

845
Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पले बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्पले ‘पेट्रोल छैन’ वा ‘डिजेल छैन’ भन्ने सूचना टाँसेर सेवा रोकेपछि उपभोक्ताले इन्धन अभावको समस्या झेल्नुपरेको छ।

बुधबारदेखि लागू भएको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल, ग्यास तथा मट्टितेलको मूल्य घटाइएपछि सस्तो दरमा इन्धन भर्न उपभोक्ता बिहानैदेखि पेट्रोल पम्पमा पुगेका थिए। तर, अधिकांश निजी पम्प बन्द हुँदा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीद्धारा सञ्चालित पम्पमा सवारीसाधनको लामो लाइन लागेको देखिएको छ।

यसबीच, नेपाल आयल निगमले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पमाथि अनुगमन सुरु गरेको जनाएको छ। निगमले इन्धनको पर्याप्त मौज्दात रहेको र बिक्री वितरण नियमित गर्न पम्प सञ्चालकलाई निर्देशन दिएको छ।

पम्पहरू बन्द भएपछि सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय उपभोक्ता इन्धन नै नपाई रित्तै फर्किन बाध्य भएका छन्।

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij