२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई हाइड्रो कम्पनीको आइपीओ सूचीकृत

नेप्सेमा दुई हाइड्रो कम्पनीको आइपीओ सूचीकृत

605
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

सानिगाड हाइड्रोको कुल २ करोड ५८ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरिएको ८५ लाख ५० हजार कित्ता ९३० प्रतिशत० र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो।

त्यसैगरी कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमध्ये आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता ९३५ प्रतिशत० र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको ९१ लाख कित्ता शेयररहेको छ।

सानिगाड हाइड्रोको आईपीओ (SGHL)  सिम्बलबाट कारोबारमा आउनेछ भने कालंगा हाइड्रोको (KAHL)  सिम्बलबाट कारोबारमा आउनेछ। प्रथम कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८।५६ रुपैयाँदेखि अधिकतम २९५।६८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ। भोलि बिहीबारदेखि यी कम्पनीको शेयर कारोबारमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij